उपत्यकामा कुन बाणिज्य बैंकको शाखा खुल्ला छ आज ? हेर्नुहोस सूचिसहित

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभर लक डाउन गरिरहेको छ । अत्यावश्यक सेवा बाहेकका सबै सेवा प्रदायकका कार्यालयहरु बन्द गरिएका छन् भने हिडडुलमा पनि प्रतिबन्ध लगाईएको छ ।

नागरिकलाई आ आफ्नो घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । यस्तो अवस्थामा बैंक तथा वित्तिय संस्थाका कुन कुन कार्यालय खुलेका छन् ? पैसा राख्न र झिक्न कहाँ जाने भन्ने एकिन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहलाई सिमित कारोबारका लागि केहि शाखाहरु खोल्नु र त्यसको जानकारी नागरिकसम्म सहजै पुर्याउनु भनेको छ ।

त्यसरी खुल्ला भएका शाखाहरुले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सिमित बैंकिङ सेवा उपलब्ध गराउनेछन् ।  ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा हेर्नुहोस कुन कुन बाणिज्य बैंकका कुन कुन शाखा खुलेका छन् ?

१) कुमारी बैंक
देशभर ३२ शाखा खुल्नेछन् । काठमाडौं उत्यकामा पुतलीसडक, न्युरोड, किर्तिपुर र जगाती शाखा ११ बजेदेखि १ बजेसम्म खुल्नेछन् ।
२) नविल बैंक
देशभर ३३ शाखा सञ्चालनमा छन भने उपत्यकामा ललितपुर र तिनधारा शाखा सञ्चालनमा छन् ।
३) एनआइसी एसिया
देशभर ३४ शाखा खुल्नेछन् । काठमाडौंमा नयाँ बानेश्वर, ग्वार्काे, किर्तिपुर, कमलादी, राधेराधे शाखा खुल्नेछन् ।
४) माछापुच्छ्रे बैंक
देशभर २८ शाखा खुल्नेछन् । उपत्यकामा थापाथली, चापागाउँ र कमलबिनायक शाखा खुल्नेछ ।
५) सानिमा बैंक
देशभर एटिएम नभएका १३ शाखा खुल्नेछन् ।
उपत्यकामा भने केन्द्रिय कार्यालय नारायण चौर मात्र खुल्नेछ ।
६) ग्लोबल आइएमई बैंक
देशभर ४० वटा शाखा खुल्नेछन् । उपत्यकामा कमलादी शाखा मात्रै खुल्नेछ ।
७ सेञ्चुरी कमर्शियल बैंक
देशभर ४१ शखा खुल्ला छन् भने उपत्यकामा पुतलीसडकको केन्द्रिय कार्यालयबाट सेवा प्राप्त गर्न सकिन्छ ।
८) मेगा बैंक नेपाल
देशभर ३७ शाख खुल्ला हुनेछन् । उपत्यकामा भने चावहिल, कमलादी, न्युरोड र जावलाखेलका शाखा खुल्नेछन् ।
९) सिटिजन्स बैंक
देशभर ३८ वटा शाखा खुल्नेछन् । उपत्यका भने किर्तिपुर, नयाँ बानेश्वर, ठिमी, भैसेँपाटी, कुमारीपाटी, दरबारमार्ग, कलंकी र थापाथली शाखा खुल्नेछन् ।
१०) बैंक अफ काठमाण्डू
देशभर १२ शाखा खुल्नेछन् । उपत्यकामा भने अनामनगर, भक्तपुर, जावलाखेल र चावहिल शाखा खुल्नेछन् ।
११) लक्ष्मी बैंक
देशभर १२ शाखा खुल्नेछन् । उपत्यकामा भने सल्लाघारी, सानेपा र हात्तिसार शाखा मात्रै खुल्नेछन् ।
१२) सिभिल बैंक
देशभर ४३ शाखा खुल्नेछन् । उपत्यकामा कमलादी र किर्तिपुर शाखा खुल्नेछन् ।
१३) एनसीसी बैंक
देशभर ४७ शाखाबाट सेवा सञ्चालन हुनेछन् । उपत्यका भित्र भने कुमारीपाटी, कलंकी र रातोपुल शाखा खुल्नेछन् ।
१४) सनराइज बैंक
देशभर ३७ शाखा खुल्नेछन् भने उपत्यकामा तिनकुने, भक्तपुर, गाबाहाल, गंगम्बु, गौशाला र अत्तरखेलको शाखा खुल्नेछन् ।
१५) एनएमबि बैंक
देशभर ३३ शाखा सञ्चालनमा छन् भने उपत्यकामा भक्तपुर, कुमारीपाटी र तिनकुने शाखा खुला छन् ।
१६) नेपाल बैंक
देशभरका ४८ वटा शाखा खुल्ला रहनेछन् । उपत्यकामा भने उपत्यकामा काठमाडौंको धर्मपथ, लतिलपुरको गाबाहाल शाखा र भक्तपुर शाखा मात्रै खुल्नेछ ।
१७) कृषि विकास बैंक
देशभर ७७ वटै जिल्लामा न्युनतम एउटा शाखा खुल्ला गर्नेछ । उपत्यकामा चावहिल, पुल्चोक र सल्लाघारी शाखा खुल्ला छन् ।
१८) राष्ट्रिय बाणिज्य बैंक
देशभर भने प्रदेश कार्यालयले शाखा खुल्ला गर्ने अधिकार पाएको छ । उपत्यकामा कर्पाेरट कार्यालय, सिंहदरबार परिसर, मैतिदेवी, किर्तिपुर र महाराजगञ्ज शाखा खुलेका छन् ।
१९) नेपाल बंगलादेश बैंक
मुख्य कार्यालय कमलादी, भक्तपुर, भैँसेपाटी र कर्पाेरेट कार्यालय मात्रै खुल्नेछन् ।
२०) नेपाल एसबिआई बैंक
२१) हिमालयन बैंक
देशभर १० शाखा खुल्नेछन् भने उपत्यकामा ठमेल शाखा मात्रै खुल्नेछ ।
२२) प्रभु बैंक
देशभर २६ शाखा खुल्नेछन् । उपत्यकामा भने मुख्य कार्यालय, ठिमी, थानकोट, कुमारीपाटी र बिर अस्पताल शाखा खुल्नेछन् ।
२३) एभरेष्ट बैंक
२४) स्ट्याण्डर्ड चाटर्ड बैंक
उपत्यकामा लाजिम्पाट शाखाबाट मात्रै खुलेको छ । देशभरका शाखा भने आवश्यकता र स्थानीय प्रशासनसँगको समन्वयमा खोलिने भनेको छ ।
२५) नेपाल इन्भेष्टमेन्ट बैंक
देशभर ३९ शाखा खुलेका छन् भने उपत्यकामा थप ८ वटा शाखा खुलेका छन् जसमा दरबारमार्ग, कौशलटार, बत्तिसपुतली, न्युरोड, नयाँ बानेश्वर, पुतलीसडक, धुम्बाराही र जावलाखेल शाखा पर्छन् ।
२६) प्राइम कमर्शियल बैंक
देशभर ३५ शाखा खुलेका छन् । उपत्यकामा भने कमलपोखरी, ठमेल, न्युरोड, सामाखुसी, पेप्सीकोला, धुम्बाराही, पुरानो बानेश्वर र पाटन शाखा खुलेका छन्
२७) सिद्धार्थ बैंक
देशभर २५ शाखा खुल्नेछन् । उपत्यकामा भने हात्तिसार, कुमारीपाटी र मध्यपुर ठिमी शाखा खुल्नेछन् ।

Advertisement

Advertisement

Advertisement