कोरोना भाइरसको संक्रमणबाट जोगाउन चेम्बरद्वारा विभिन्न स्थानमा नगद र मास्क हस्तान्तरण

Advertisement

काठमाडौँ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसैक्रममा धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर र धनुषा चेम्बरको अध्यक्ष विजय शाहले सुरक्षा निकाय अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई १ हजार पिस मास्क र सशस्त्र प्रहरी बललाई १५ सय पिस मास्क वितरण गरेको छ । यसका साथै स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल र स्वास्थ्य चौकीको डाटा आए पछि मास्क, मेडिकल किट, ग्लोब्स हस्तान्तरण गर्ने चेम्बरको योजना रहेको छ ।

यता, बागलुङ्ग चेम्वर अफ कमर्सले कोरोना भाइरसबाट सुरक्षित हुन संचेतना सम्वन्धी कार्यक्रम संचालन र मास्क बितरण कार्य शुभारम्भ गरेको छ । यसैगरी गोरखा चेम्बर अफ कमर्सले हेल्प डेस्क राखेको छ । गोरखा चेम्बर अफ कमर्सले १५ सय माक्स वितरण गरेको छ । यसका साथै आइसोलेसनमा रहेका विरामीलाई निशुल्क पानीको जार पनि वितरण गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement