कोरोना उपचार कोषमा नागरिक लगानी कोषले १ करोड २५ लाख योगदान गर्ने

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषले कोरोना उपचार कोषमा १ करोड २५ लाख योगदान गर्ने भएको छ ।

संचालक समितिको सोमबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

साथै, संचालक समितिका अध्यक्ष एबम् सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेको छ ।

Advertisement

Advertisement

Advertisement