कोरोना सार्नसक्ने भन्दै बिरामीको सेवा गर्दैआएकी नर्सलाई घरबाट निकाल्ने घरबेटी पक्राउ

Advertisement

दाङ । कोरोना भाइरस ल्याएर सार्नसक्ने भन्दै घर भाडामा बस्दै आएकी नर्सलाई घरबाट निकाल्ने घरबेटी पक्राउ परेकी छन् । बिरामीको सेवा गर्दै आएकी नर्सलाई अमानवीय तरिकाले घरबाट निकाल्ने घोराहीका एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा कार्यालयका सचिवसमेत रहेका घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी नारायण आचार्यले घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत खड्कालाई कोरोना संक्रमणको त्रासले कोठाबाट निकालेको बताएका छन् । हस्पिटल जाँदाआउँदा कोरोना संक्रमण हुनसक्ने भन्दै घरबेटी आचार्यले खड्कालाई कोठा आउनै नदिई निकालेको पीडितले गुनासो गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले आचार्यमाथि आवश्यक अनुसन्धान भइरहेको र कारवाही गरिने बताएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । प्रहरी प्रशासनले नर्सलाई कोठामा बस्न कुनै कठिनाई नबनाउन घरका मानिसहरुलाई निर्देशन दिएपछि आचार्यले कोठामा फर्किएकी छन् । कोठामा बस्न नदिइएपछि उनी यसअघि केही समय होटलमा बस्न बाध्य भएकी थिइन् । साथै दाङ प्रशासनले घर घाडामा बस्ने कसैलाई पनि दुव्र्यवहार नगर्न सुचित गरेको छ ।

Advertisement

Advertisement

Advertisement