एनसेलले ४ अर्ब ६० करोड बुझायो, 'बाँकी रकम लकडाउन खुलेको १५ दिनभित्र बुझाउनू'

Advertisement

काठमाडौं । ठूला करदाता कार्यालयमा आज एनसेलले चार अर्ब ६० करोड रुपैयाँ कर बुझाएको छ ।

सर्वोच्च अदालतले गरेको फैसला अनुसार एनसेलले सरकारलाई २२ अर्ब ४५ करोड बुझाउनु पर्ने देखिएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले बताए । ‘फैसलापछि एनसेलले जम्मा ९ अर्ब १० करोड पूँजीगत लाभकर बुझाएको उनले बताए । अब लकडाउन खुलेको १५ दिनभित्र एनसेललाई बाँकी कर चुक्ता गर्न भनिएको प्रमुख कर प्रशासक अधिकारीले बताए ।

एनसेलले पुँजीगत लाभकरको विवाद बढ्दै जाँदा पटक पटक गरी अहिलेसम्म करिब ३३ अर्ब रुपैयाँ बुझाएको बुझिएको छ । एनसेलले अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले हुने गरी २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो । सर्वोच्च अदालतले फैसलाको लगत्तै पछि एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको थियो ।

Advertisement

Advertisement

Advertisement