'एक महिना कमाई भएन भने हाम्रो जीवन संकटमा पर्छ, हामी कसरी मध्यम वर्ग ?'

Advertisement

काठमाडौं । विश्लेषक प्राडा युवराज संग्रौलाले लडकाउनको समयमा घरमै बस्न सबैलाई सल्लाह दिँदै बरु यो समयमा किताब पढ्ने, बारी खन्ने, घर सफा गर्ने काममा समय खर्चिन सल्लाह दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले अहिलेको समयमा जीवन लोगाउन लकडाउनमा बस्नु नै राम्रो हुने भन्दै यो समयमा गफ नगरेर किताब पढ्न, बारी खरेर बिरुवा लगाउन, घर सफा गर्न सल्लाह दिएका हुन् । नेपालको बानी सोचाईको पद्दतीमा रहेको भन्दै संग्रौलाले कामलाई सानो ठूलो भनेर गर्नु गलत भएको औंल्याएका छन् ।

नेपालीहरुमा रचनात्मक नहुने तर बिग्रहको बारेमा सोच्ने खराब बानी रहेको बताउँदै उनले हाम्रो गरिबी स्रोत र साधनको होइन, सोचाईको तन्तुमा रहेको बताएका छन् । प्रकृतिले नेपाललाई हरेक बस्तु दिएको सँग्रौलाको भनाई छ ।

दुवईमा जाँदाको आफ्नो स्मरण कोट्याउँदै उनले भनेका छन्, ट्वाइलेट भित्र थिएँ। बाहिर हात धुने ठाउँमा मर्स्यांदी सललको गीत कसैले गायो। कोही यात्री होला भन्ने ठानेंं। बाहिर आएर नेपाली हो भाइ भनेर सोधेँ। हो भनें उनले । तर उनको अनुहारमा बादल छायो। उनी बोल्न चाहेनन।

सँग्रौलाले लेख्छन्, लबिमा बसेको थिएँ । उनी सफा गर्दै त्यहीं आए। माथी रेस्टुरेन्टमा जानुहोस न बोर्डिङ कार्ड देखाएर सित्तैमा कफि खान पाइन्छ भने । उनलार्इ मेरो सामुन्ने काम गर्न लाज भएको थियो। हाम्रो समस्या यो हो। हामीसँग ज्ञान र सीप छैन । तर ठूलो मानिस हो भन्ने घमण्ड छ । हामीलाई देशमा काम गर्न लाज लाग्छ। बारी बाँझा छ्न । तर अवसर छैन भन्दै बिदेशिनेको ताँती छ ।

विद्यार्थीलाई पढाउँदाको प्रसंग कोट्याउँदै सँग्रौलाले थपे, को को मध्यम परिवारको छ ? हात उठाउनु होस। सबैले हात उठाए। हामी महिनामा तलब थापेर जीवनयापन गर्नेहरु हौँ। एक महिना कमाइ भएन भने, हाम्रो जीवन संकट्मा पर्छ। तर हामीलाई आफू मध्यम परिवार भन्ने भ्रम छ । हामी कामदार हौं। हामी श्रम बेचेर जीवनयापन गर्छौ । तर हामीमा अनेक उपभोक्ताबादी आडम्बर छन । यो हो हाम्रो समस्या।

नेपालीमा राम्रो राम्रो कतै नदेख्ने प्रवृत्ति रहेको र हरेक क्षेत्रलाई राजनीति गाँजेको छ भन्दै उनले मानिस बचाउन सरकारले सामान ल्याइरहेको बेला केही मानिस गलत सूचना दिएर लकडाउनका बेला आन्दोलनको तयारी गर्ने काम भइरहेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement