सनराइज बैंकद्वारा सैनिक स्वास्थ्य महानिर्देशनालयलाई पीपीई हस्तान्तरण

Advertisement

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई सहयोग गरेको छ ।

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महा निर्देशनालयका महा निर्देशक, सहायक रथी डा. नगेन्द्र केसीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।

सोही कार्यक्रममा महा निर्देशक, सहायक रथी डा. केसीले सन्राइज बैंकद्घारा निभाएको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो भूमिका एकदम सराहनीय रहेको र यस्तो भूमिकाले सन्राइज बैंक अझै माथि पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement