सहकारी संस्थाहरुलाई काठमाडौँ महानगरको अनुरोध-'आवश्यक रकम भुक्तानी र कर्जा प्रवाह गर्नु’

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा कार्यालयसँग समन्वय गरी आफ्ना सदस्यहरुको पहिचान गरी जीवन निर्वाहको लागि आवश्यक पर्ने रकम भुक्तानी र कर्जा प्रवाह गर्न सबै सहकारी संस्थाहरुलार्ई अनुरोध गरेको छ ।

सम्भव भएसम्म आफ्ना सदस्यहरुको हितको लागि मास्क, स्यानिटाइजर बितरण गर्न समेत महानगरले सुझाएको छ । उत्पादन र उपभोक्ता सहकारी संस्थाहरुले उत्पादित सामाग्रीको सहज बितरणको व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

कोरोनाका शंकाष्पद बिरामी÷सदस्य देखिएमा काठमाडौँ महानगरपालिकामा खबर गर्न र उपचार प्राप्त गर्ने व्यवस्था मिलाउन पनि पत्र मार्फत सबै सहकारीलाई अनुरोध गरिएको काठमाडौँ महानगरका विभागीय प्रमुख देबेन्द्रप्रसाद पोखरेलले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement