स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो कोरोनाको उपचार हुने अस्पतालको नाम(सूचीसहित)

Advertisement

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका भित्र र सातवटै प्रदेशमा कोरोना सम्बन्धित उपचारका गर्ने अस्पतालको नामावली सार्वजनिक गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै उपत्यका भित्र ६ वटा र उपत्यका बाहिर ७ वटै प्रदेशका कोरोनाको उपचार हुने अस्पताल र डाक्टरको नम्बर सहित सार्वजनिक गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका भित्र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको तथा प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपु्र र बारा अस्पताल, बाग्मती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पताल, प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदुर पश्चिम प्रदेशको सेती र महाकाली अस्पतालमा कोरोनाको उपचार हुनेछ ।







Advertisement

Advertisement

Advertisement