स्वास्थ्यमन्त्रीबिरुद्ध अख्तियारमा उजुरी, 'दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको दाबी'

Advertisement

काठमाडौँ । विवकेशील नेपाली दलका प्रदेश सांसदले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित आज उजुरी दिएको जनाएका छन् । उनले आयोगको वेवसाइटमार्फत उजुरी दिएको बताएका हुन् ।

सांसद पौडेलले तीन महिना अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको खुलाएको टेन्डर रद्द गरेको, कोरोनाको त्रासमा देश फसेको बेला मेडिकल सामान खरिद गर्न आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, मेडिकल सामग्री खरिदको अनुभव नै नभएका कम्पनीलाई ३ घण्टामै सेटिङ मिलाएको उल्लेख छ ।

सांसद पौडेलका अनुसार बाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको र्यापिङ टेस्टिङ किट सात करोड भन्दा माथिको लागतमा किनेको समेत उक्त उजुरीमा दाबी गरिएको छ ।

Advertisement

Advertisement

Advertisement