कोरोना उपचारको समान ल्याउने कम्पनीसँगको सम्झौता तोडियो, ५ करोड धरौटी जफत

Advertisement

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा उपचारमा आवश्यक उपचकरण ल्याउने जिम्मा पाएको कम्पनीसँगको ठेक्का तोडेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले उपकरण ल्याउने जिम्मा पाएको कम्पनीसँगको ठेक्का तोडिएको र पाँच करोड धरौटी रकम समेत जफत गरिएको बताए ।

विभागले कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा ओम्नी समुहलसँग ठेक्का सम्झौता गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक श्रेष्ठले ठेक्का सम्झौता तोडेर धरौटी रकम जफत गरिएको जानकरी दिएका हुन् ।

उनले बजार मूल्य भन्दा २० प्रतिशत महंगोमा ठेक्का सम्झौता गरिएको स्वीकार गरे । ओबिसिआईले प्रतिवद्धता अनुसार समान ल्याउन नसकेपछि सम्झौता रद्ध गरेर धरौटी जफत गरि कालो सूचिका लागि सिफारिस गरिएको पनि बताए । तुरुन्तै समान चाहिने भएकाले २० प्रतिशत बढी रकममा ठेक्का लगाएको उनले बताए ।

३० मार्च अवधीसम्ममा काबोलको १० प्रतिशत मात्रै समान ल्याएकाले र बिहिबारसम्म ल्याउनुपर्ने समान समेत आउने सुनिशितता नभएकाले ठेक्का रद्ध गरिएको पनि उनले दावी गरे । उनले बिहिबारबाटै नयाँ ठेक्का प्रक्रिया अघि बढाउने बताए । बिहिबार पनि ३ दिनको ठेक्का सूचना निकाल्ने र पाँच दिनभित्र समान ल्याईसक्नुपर्ने पनि बताए ।

Advertisement

Advertisement

Advertisement