इसेवा चलाउन अरुलाई रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने

Advertisement

काठमाडौँ । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ ।

नगदरहित समाजनिर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ता बनाउनका लागि यो अफर सार्बजनिक गरेको हो ।

अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक रु ८० सम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथि भाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने- ‘हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो ।’

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेज लगायतको शुल्कभुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement