विदेशमा अध्ययन गरिरहेका विद्यार्थीलाई तत्कालै ५ सय डलर पठाउने बाटो खुल्यो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेका विद्यार्थीहरुलाई पैसा पठाउने बाटो खोलिदिएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले नो अब्जेक्सन लेटर(एनओसी) जारी गर्ने काम रोकेपछि विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पैसा पठाउन रोकिएको थियो ।

मन्त्रिपरिषद बैठकले नो अब्जेक्सन लेटर बिनै तत्कालका लागि केहि रकम पठाउन बाटो खोल्ने निर्णय गरेपछि राष्ट्र बैंकले सर्कुलर जारी गर्दै कार्यान्वयन गरिदिएको हो । अब विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर बिनै ५ सय डलर पठाउन सकिन्छ ।

त्यसका लागि विद्यर्थाी विदेशमा अध्ययन गरिरहेको प्रमाण भने पेश गर्नुपर्नेछ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सर्कुलर जारी गर्दै नो अब्जेक्सन लेटर बिनै ५ सय डलर पठाउन सकिने व्यवस्था गरेको हो ।

Advertisement

Advertisement

Advertisement