कोरोना उपचार कोषमा राष्ट्र बैंकका कर्मचारीले १ करोड ५ लाख योगदान गर्ने

Advertisement

काठमाडौं । सरकारले स्थापना गरको कोरोना उपचार कोषमा नेपाल राष्ट्र बैंकले एक करोड ५ लाख योगदान गर्ने भएको छ ।

राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीको संयोजनामा बसेको बैंक व्यवस्थापन बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले अधिकृत स्तरभन्दा तल्लो तहका कर्मचारीको ६ दिन, सेकेण्ड र थर्ड क्लास अफिसरको ९ दिन र फ्रष्ट क्लासभन्दा माथिका कर्मचारीको १२ दिनको तलब उक्त कोषमा योगदान गर्न लागिएको कामु गभर्नर शिवाकोटीले बताए ।

राष्ट्र बैंकमा करिब एक हजार एक सय कर्मचारी छन् । कर्मचारीको स्तरअनुसारको तलव काट्दा हुन आउने एक करोड चार लाख ८२ हजार रुपियाँ जम्मा हुन आउने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement