बिपन्न परिवारका लागि पनौती नगरपालिकामा ७ दिनको राहत प्याकेज

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले महामारीको रुप नलियोस् भन्नका लागि देशव्यापी रुपमा लकडाउन गरिएको अवस्था छ । यस विषम परिस्थितिमा नगर क्षेत्र भित्र ज्याला मजदुरी गरी खाने र अति बिपन्न परिवारका लागि पनौती नगरपालिकाले ७ दिनको राहत प्याकेज ल्याएको छ ।

पनौती नगरपालिकाका मेयर भीम न्यौपानेका अनुसार नगरभित्र हाल सम्म विभिन्न देशबाट आएका १०२ जना ब्यक्तिहरुको अभिलेख लिएको छ । उनीहरुसँग नगरपालिका नियमित अनुगमन तथा सम्पर्कमा रही स्वास्थ्य विवरण लिइएको साथै आवश्यक्ता अनुसार स्वास्थ्य जांच गरिएको मेयर न्यौपानेले बताए ।

सेल्फ क्वारेन्टाइनमा बस्न र क्वारेन्टाइन नियम पालना गर्न उनीहरुका परिवारलाई समेत स्वस्थ्यकर्मी तथा जनप्रतिनिधिबाट परामर्श गरिएको छ । नपामा उपलब्ध एम्बुलेन्स चालकलाइ पीपीई उपलब्ध गराइएको छ । प्राथमिक स्वस्थ्य केन्द्र खोपासिमा १० बेडको क्वारेन्टाइन तयार गरिएको छ ।

यता, पनौती–७ स्थित रंगशाला कभर्ट हलमा तुरुन्तै शुरु गर्न सकिने गरी ४० बेड तयारी अवस्थामा राखिएको छ । स्वस्थकार्मी र स्वस्थ्य संस्थालाई तत्कालका लागि अत्यावश्यक पर्ने औषधि उपकरणको ब्यबस्थापन गरिएको जनाइएको छ । पनौतीका सबै स्वास्थ्य संस्थामा फिवर क्लिनिक संचालन गर्नुका साथै बिगत ७ दिनदेखी डिस्इन्फेक्सन स्प्रे गर्ने कार्य लगभग सम्पन गरिएको छ ।

स्थानीय भीमसेन आचार्यका अनुसार धुलिखेल अस्पतालमा आइसोलेशनमा रहेको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको र स्वस्थ्यकर्मिबाट अनुगमन गरी आवश्यक परामर्श सहित जानकारी प्राप्त गरिएको छ भने आपूर्ति सहज बनाउने बिषयमा बिशेष योजना ल्याइएको छ ।









Advertisement

Advertisement

Advertisement