कोरोना कोषमा सहयोगको घोषणा गरेकाहरुले आज बुझाए झण्डै सवा अर्ब रुपियाँको चेक

Advertisement

काठमाडौं । विश्वव्यापारी महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपालमा सरकारले बनाएको कोषमा बिहीबार झण्डै एक दर्जन संस्थाले आफ्नो सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न निकायका प्रमुखहरुले सहयोग रकमको चेक सरकारलाई बुझाएका हुन् । यसरी सहयोग रकम बुझाउनेहरुमाः
१) बीमा समितिः ५ करोड
२) नेपाल धितोपत्र बोर्डः ३ करोड
३) कर्जा तथा निक्षेप सुरक्षण कोषः ३ करोड
४) नेपाल स्टक स्क्चेन्जः ३ करोड ५१ लाख
५) सिडिएस कम्पनी ३५ लाख
६) राष्ट्रिय वीमा कम्पनी लिमिटेडः २ करोड
७) राष्ट्रिय बीमा संस्थान १ करोड
८) नेपाल पुर्नबीमा कम्पनीः १ करोड ११ लाख
९) नागरिक लगानी कोष २ करोड
१०) कर्मचारी सञ्चय कोषः ५ करोड
११) २० भन्दा बढि बैंकहरुबाटः २२ करोड (योगदान गर्ने घोषणामध्येको रकम आउने प्रक्रिया)

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोग
१२) नेपाल दुरसञ्चार प्राधिकरणः १५ करोड
१३) नेपाल टेलिकमः १२ करोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोग
१४) नेपाल आयल निगमः ५० करोड

Advertisement

Advertisement

Advertisement