बीमितहरुलाई बीमा समितिले दियो सुबिधा, अब प्रिमियम बैशाख मसान्तसम्म तिर्दा हुने

Advertisement

काठमाडौँ । बीमा समितिले जीवन बीमा सम्बन्धी प्रिमियम संकलन गर्ने समयावधि बैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले चैत १० र १३ गतेको परिपत्र संसोधन गर्दै आज नयाँ निर्देशन जारी गरेका हुन् । उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

कोरोना भाइरसको विश्वव्यापी प्रभावसँगै सिर्जना भएको असामान्य परिस्थितिमा बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध(विद्युतीय माध्यमबाट प्राप्तसमेत) समेतका आधारमा बीमालेख नबीकरण गर्ने र चैत महिनामा नबीकरण गर्नु पर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजत पत्र नबीकरणको म्याद बैशाख मसान्तसम्म थप गरी सो बापत जरिवाना नलाग्ने ब्यवस्था मिलाउने निर्देशनमा उल्लेख छ ।

साथै निर्जीवन बीमकले तत्काल सिर्जजा हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्न निर्देशन दिइएको छ ।

Advertisement

Advertisement

Advertisement