कोरोना उपचार कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख योगदान

Advertisement

काठमाडौँ । सरकरले स्थापना गरेको कोरोना उपचार कोषमा एनएमबि बैंकले रु. १ करोड ५१ लाख योगदान गरेको छ ।

उक्त रकम उल्लेखित चेक आज प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रदान गरेका हुन् ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

यस बाहेक बैंकले अनलाइन ब्यापारीहरुसँग पनि सम्झौता गरेको छ, जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५% रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement