नेपालमा छैठौँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखियो, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

Advertisement

काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो केशसँग नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । दोहाबाट काठमाडौँ आएकी बागलुङकी युवतीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार यसअघि कोरोना पुष्टी भएका दोश्रा, पाँचौ र छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए । चैत ४ गते तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन् ।

कोरोना संक्रमित ६ जना मध्ये ५ जनाको उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किएका छन् ।

 

Advertisement

Advertisement

Advertisement