एनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क

Advertisement

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबारबाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गो को शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गर्न सक्ने भएका छन् ।

एनसेलले आफ्नो करबाहेक दुई रुपियाँँ प्रतिएमबी रहेको पे एज यु गो शुल्क एक रुपियाँ ५० पैसा प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागू रहनेछ ।

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघि नै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ । जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको एनसेलको भनाई छ । यो योजनाअन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् ।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट दुई, पाँच, १०, २०, ३० रुपियाँ वा यो भन्दाथप १० रुपियाँका दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् । शुरुमा १० रुपियाँ डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपियाँमा ग्राहकले २०–२० एमबी डेटा बोनस पाउने छन् ।

यदि ग्राहकले दुई मेन ब्यालेन्स एक रुपियाँ ०४ पैसा एबीडेटामाखर्च गर्दछन् भने उनीहरुले तत्कालै दुई एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० रुपियाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको सय रुपियाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन् ।

कोरोनाभाइरसले निम्त्याएको महामारीको यस समयमा एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरुः सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement