स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेहरु जबसम्म दण्डित हुँदैनन्, तबसम्म छोडिन्नः गगन

Advertisement

काठमाडौं । काँग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेहरु दण्डित नभएसम्म प्रश्न उठाउन नछोड्न आव्हान गरेका छन् ।

उनले कोरोना भाइरस संक्रमणको महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य गरिएको भन्दै ‪स्वास्थ्य सामाग्री खरीद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन छोड्न नहुने बताएका हुन् ।

उनी भन्छन्, ‪'दिन ढल्यो, कुरा बिर्सियो हुन हामी कदापि दिने छैनौं।‬' साथै, थापाले ‪चैत्र २५ पछिको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको सरकारको रणनीति र योजना के छ ? भन्दै प्रश्न पनि गरेका छन् । ‬

Advertisement

Advertisement

Advertisement