२२ बाणिज्य बैंकले कोरोना कोषलाई दिए २५ करोड ४० लाख, कसले कति दिए ? सूचीसहित

Advertisement

काठमाडौं । २२ वटा बाणिज्य बैंकहरुले कोरोना उपचार कोषमा २५ करोड ४० लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल बैंकर्स संघले बिहिबार हालसम्म कोरोना कोषमा सहयोग गर्ने बैंकहरुको सूचि सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

बाणिज्य बैंकहरुले संघीय सरकार र प्रदेश सरकारहरुले स्थापना गरेका कोरोना रोकथाम सम्बन्धी कोषहरुमा सहयोग गरेका हुन् । संघले कोरोना भाइरसको संक्रमणबाट बैंकिङ क्षेत्र पनि पीडित भएको तर पनि सरकारले अघि सारेका कार्यक्रमलाई सहयोग गर्न तयार रहेको पनि बताएको छ ।

संघले राष्ट्र बैंकको चैत १६ गतेको सर्कुलरको अनुसार चैत महिनाको साँवा तथा ब्याजको किस्ता चैत महिनामै बुझाउँदा १० प्रतिशत छुट उपलब्ध गराउँदा करोडौं नोक्सानी हुने भएपनि छुट भने दिने स्पष्ट पनि पारेको छ । त्यस्तै, चैत मसान्तको साँवा तथा ब्याजको किस्ता असार मसान्तसम्ममा तिर्न हुँने व्यवस्थाले पनि व्ययभार पुगेको तर पनि कार्यान्वयन गर्ने संघले जनाएको छ । संघले चैत ७ गतेदेखि नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएम सेवा सञ्चालनलाई निःशुल्क बनाएको थियो ।

Advertisement

Advertisement

Advertisement