कोरोना उपचार सामग्री 'जी टु जी'मा किन्ने सरकारको तयारी

Advertisement

सरकारले कोरोना उपचारमा प्रयोग हुने औषधी तथा उपकरण लगायतका वस्तुहरु सिधै जी टु जीबाट खरिद गर्ने तयारी थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिको बैठकले जी टु जीबाट खरिद गर्नेबारे छलफल गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थ र सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले अब जी टु जी प्रक्रियाबाट खरिद गर्नेबारे छलफल अघि बढेको बताएका हुन् । समितिको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले आवश्यक थप सामग्री चीन सरकारसँग छलफल गरेर जी टु जीबाट खरिद गर्ने प्रक्रिया अघि बढाउने विकल्पबारे छलफल भएको बताएका हुन् ।
‘स्वास्थ्य सामग्री खरिद प्रक्रियामा के भएको हो हेर्नु पर्ने हुन्छ, कसैले भनेको भरमा हुन्न, हामीले सरकारीबाटै ल्याएको भए राम्रो र सजिलो हुन्थ्यो । हामीले आवश्यक समानहरुको सूचि भारत र चीन सरकारलाई पठाएका पनि थियौं । तर त्यतिबेला दुबै सरकारहरु आफैं समस्यामा थिए । त्यसकारण निजी क्षेत्रबाट खरिदको प्रक्रिया अघि बढेको थियो । अहिले जी टु जीबाट खरिद गर्न सकिन्छ की भन्नेबारे पनि आज छलफल भएको छ ।’, मन्त्री डा. खतिवडाले भने ।

Advertisement

Advertisement

Advertisement