प्रदेश सरकार मार्फत नेपाल उद्योग परिसंघले उपलब्ध गरायो खाद्य सामग्री

Advertisement

काठमाडौँ । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।

आज एक कार्यक्रममा सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेमविक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामाग्री उपलब्ध गराउनु भएका छन् । त्यस्तै आजै प्रदेश नं १ उद्योग परिसंघका प्रदीप शारदाले मुख्यमन्त्री माननीय शेरधन राईलाई राहत सामाग्री हस्तान्तरण गरे ।

दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । आजै प्रदेश नं २ र काठमाडौँ तथा ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाहरुलाई समेत हस्तान्तरण गरिएको परिसंघले जनाएको छ । नेपालका सवै प्रदेशहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् ।

यो रोगसंग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य कर्मिहरु, आपत्कालीन व्यवस्थामा खटीइरहेका हरेक व्यक्ति तथा संस्थाहरुको हौसला बढाई राख्न र संकट नटरेसम्म सवैलाई आत्मसंयम बनाई राख्न नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग परिसंघले सवैमा आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement