जिल्ला अस्पताल नुवाकोटलाई लायन्स क्लबले हस्तान्तरण गर्यो पीपीई र मास्क

,   २० चैत्र २०७६, बिहीबार, ०८:११ pm   

काठमाडौँ । जिल्ला अस्पताल नुवाकोटमा कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको उपचार तथा चेकजाँच सहज होस् भनी लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ ले पिपिइ, मास्क तथा फेस सिल्ड उपलब्ध गराएको छ ।

उक्त सामाग्री लायन्स क्लबका जोन चियर पर्सन अनुजकुमार श्रेष्ठले नुवाकोट जिल्ला अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राई तथा डाक्टर गोपाल लामालाई हस्तान्तरण गरेका हुन् ।

असहज परिस्थिति र सुरक्षा सामाग्रीको अभावले उपचारमा समस्या उत्पन्न भैरहेको अबस्थामा लायन्स क्लबले आफ्नो मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत प्रथम चरणमा सात थान सुरक्षा सामाग्री उपलब्ध गराइएको हो ।

aecc

छिट्टै दोश्रो चरणको कार्यक्रममा सुरक्षा सामाग्री लगायत अन्य आवश्यक उपकरणहरु उपलब्ध गराउदै जाने कुरा श्रेष्ठले बताए । केही समय अगाडि श्रेष्ठकै सकृयतामा एनआईसियु कक्ष निर्माणको लागि अत्याधुनिक उपकरणहरु उपलब्ध गराईएको थियो ।