ईश्वर पोखरेल, भानुभक्त ढकाललगायतविरुद्ध अख्तियारमा उजुरी, तत्काल हिरासतमा लिन माग

Advertisement

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरणमा उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइरालालगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको उजुरीमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक र स्वास्थ्य सामग्रीमा महंगोमा खरिद गर्न ठेक्का दिइएको कम्पनी ओम्नीका सञ्चालक बिरुद्दसमेत कारवाहीको माग गरिएको ।

त्रिपाठीले अख्तियारमा चीनबाट मेडिकल उपकरण आयात गर्दा ब्यापक भ्रष्टाचार गरेकोले निजहरुमाथि कार्यवाहीको माग गर्दै उजुरी दर्ता गरेको जानकारी दिएका छन् । उनले उजुरीमा निजहरुले आफू बिरुद्दको प्रमाण मेटाउन सक्ने भन्दै उनीहरुलाई तत्काल हिरासतमा लिएर गम्भीर छानबिन गरि मुद्दा दायर गर्न माग गरेका छन् ।

Advertisement

Advertisement

Advertisement