इसेवाले भन्यो-‘समाचार पोर्टलको न्यूज हटाइएको विषयमा कुनै सम्बन्ध छैन’

Advertisement

काठमाडौँ । इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध रहेको जनाएको छ । इसेवाले आज विज्ञप्ति प्रकाशित गरी समाचार पोर्टलको न्यूज हटाइएको विषयमा कुनै सम्बन्ध नरहेको पनि उल्लेख गरेको छ ।

‘विगत ११ वर्षदेखि भुक्तानी सेवा प्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग बसालेको इसेवा भएको सबैलाई जानकारी नै छ । सुरुवाती दिनदेखि नै विभिन्न बाधा व्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेका हौँ ।’ इसेवाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ–‘इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी हो । इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको कुरा आम ग्राहकलाई जानकारी गराउछौँ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसः पालना गरेका छौँ ।’

लकडाउनको यस विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तरगत २४ सै घण्टा तपाईको सेवामा कटिबद्ध रहेको जनाएको छ । ‘मुलुकको यस विषम परिस्थितीमा नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको हामी भरपर्दो सारथी भएको महशुस गरेका छौँ ।’ इसेवाले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई इसेवाले अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement