चेम्बरले दियो ट्राफिक प्रहरीलाई २५ सय मास्क र पाँच सय पञ्जा

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ट्राफिक प्रहरीलाई दुई हजार पाँच सय मास्क र पाँच सय पञ्जा सहयोग गरेको छ । कोरोना भाइरसको महामारीको जोखिमबाट बच्न ड्यटीमा खटिएका ट्राफिक प्रहरीहरुका लागि यी सामग्रीहरु प्रदान गरिएको हो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दीपक मल्होत्राले ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललाई शुक्रबार यी स्वास्थ्य सामग्री हस्तान्तरण गरे । आजै चेम्बरले प्रहरी मुख्यलयमा गएर पाँच हजार मास्क पनि सहयोग गरेको थियो ।

Advertisement

Advertisement

Advertisement