भाइरस मार्ने बन्दुक र गोलीले हो र ? स्वास्थ्य सामग्री किन्न किन सेनालाई दिनुपर्यो ?

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन् । सत्तारुढ दलका कार्यकर्ताको कम्पनीमार्फत यस्ता सामग्री खरिद गर्ने कुरा विवादमा परेर सम्झौता नै तोड्न सरकार बाध्य भएपछि सेनालाई दिने तयारी भइरहेको समाचार बाहिर आएको बेला भट्टराईले त्यसमाथि टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'भाइरस मार्ने बन्दुक र गोलीले हैन होला ! अनि सरकारले किन चीनबाट स्वास्थ्य सामग्री किन्न सेनालाई अघि सारेको होला ? के वाणिज्य, आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जी टू जी विधिबाट पहिल्यै किन नल्याएको ? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?'

Advertisement

वाणिज्य तथा आपूर्तिसम्बन्धी निकाय हुँदाहुँदै सेनालाई अघि सारिनु बदनियतपूर्ण रहेको भट्टराईको आशय छ । उनले कोरोना भाइरस बन्दुक र गोलीले नमारिने टिप्पणी गर्दै सेनालाई यसको जिम्मा दिनु गलत भन्दै भनेका छन्, ‘के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट्भन्दा किन खुट्टा तानेको ?’ भट्टराईले जीटूजी विधिबाट स्वास्थ्य सामग्री खरिद गर्ने भनेर किन नगरिएको भन्दै प्रश्न उठाएका छन् ।
साथै, नेता भट्टराईले औषधि खरिद काण्डको नालीबेली बुझ्दै जाँदा वर्तमान सरकार सबै पार्टपूर्जा खुस्केको दुर्घटना उन्मूख गाडी जस्तो देखिन्छ भन्दै यो दुर्घटनाले गाडी हाँक्ने नालायक र होश गुमिसकेका मान्छेहरू मात्र होइन देशका तीन करोड जनताको ज्यान जाने खतरा रहन्छ भनेका छन् । हामी सबै डीलबाट खस्न लागेको गाडीसंगै सती जाने ? भन्दै उनले प्रश्न पनि गरेका छन् ।

Advertisement

Advertisement