नेपाल लिकर्सले बुढीगंगा गाउँपालिकालाई हस्तान्तरण गर्यो राहत सामग्री

Advertisement

काठमाडौँ । नेपाल लिकर्स प्रालिले माोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी नेपाल लिकर्स प्रालिले राहत सामग्री हस्तान्तरण गरेको छ ।

कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर राजेश वीर सिंह तुलाधरले गाउँपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । नेकपा बुढीगंगा गाउँ कमिटीको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपाल लिकर्स प्रालिले ५० बोरा चामल, २ बोरा नुन, ३ कार्टुन तेल गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीलाई हस्तान्तरण गरिएको हो । राहत सामाग्री नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले गाउँपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरेको जनाइएको छ ।

साहत सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष माझीले संकटको अवस्थामा हस्तान्तरण गरिएको राहतका लागि नेपाल लिकर्स प्रालिका अध्यक्ष तुलाधर, जनेरल म्यानेजर कलमप्रसाद सिटौलालाई धन्यवाद व्यक्त गरे । राहत हस्तान्तरणमा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार लगायतका विभिन्न वडाका वडाध्यक्षहरुसहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement