बागमती प्रदेशको कोरोना उपचार कोषमा मेगा बैंकको ५ लाख

,   २१ चैत्र २०७६, शुक्रबार, ०३:४८ pm   

हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेगा बैंकले सहयोग गरेको छ। बैंकका हेटौंडा शाखा प्रमुख निरन्जन देबकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बिश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरस नियन्त्रणमा सहयोग गर्न रकम हस्तान्तरण गरिएको प्रमुख देबकोटाले बताए । मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको प्रयासमा साथ दिएको भन्दै खुशी व्यक्त गरे ।

aecc