एशियन लाईफ इन्स्योरेन्स १३ औं वर्षमा, बीमीतको विश्वास बढाउने प्रतिवद्धता

Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी १२ वर्ष पुरा गरेको छ । कम्पनी २०७६ चैत २१ बाट १२ वर्ष पुरा गरि १३ औं वर्ष प्रवेश गरेको हो ।  कम्पनीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २ अर्ब ९९ करोड बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी कम्पनीले हालसम्म ५ लाख ४ हजार भन्दा बढी बीमालेखको बिक्रीबाट आव २०७६/७७ को फागुनसम्ममा बीमाशुल्क २१ अर्ब ६० करोड संकलन गरेको छ । कम्पनीको कुल लगानी २१ अर्ब र जीवन बीमा कोष २० अर्ब रहेको छ । कम्पनीको ५ अर्ब अधिकृत पूँजी र २ अर्ब १ करोड चुक्ता पूँजी रहेको छ । देशैभर रहेका १३६ वटा शाखा/उपशाखा मार्फत् कम्पनीले बीमितलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म म्यादी, सावधिक तथा आजीवन बीमालेख सहित २१ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याइसकेको यस कम्पनीले हालै ‘एशियन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ समेत सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बीमितले प्रत्येक वर्ष ५ प्रतिशतको दरले बीमांक रकम फिर्ता पाउनुको साथै बीमा अवधीको समाप्तीमा बाँकी बीमांक र आर्जित बोनश एकमुष्ठ पाउने सुविधा रहेको छ ।

कम्पनीले लक डाउन अवधीमा बीमीतहरुको सुविधाका लागि अनलाइनबाट प्रिमियम तिर्ने सुबिधा उपलब्ध गराएको छ ।

Advertisement

Advertisement

Advertisement