'स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको हो भने क्षमा हुन्न'

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले कोरोना उपचारका लागि गरिएको उपकरण खरिदमा अनियमितता भएको हो भने क्षम्य नहुने बताएका छन् । ‘टिकाराम यात्रीसँग तमोशोमा ज्योतिर्गमय’मा दिएको अन्तरवार्तामा मन्त्री भुषालले महामारी रोक्ने उपकरण खरिदमा अनियमितता गएिको भए त्यो अक्षम्य अपराध हुने बताएका हुन् ।

‘महामारी रोक्न प्रेसरमा खरिद प्रक्रिया अघि बढेको थियो, हतारमा समान ल्याईयो, भने अनुसारको समान ल्याउन नसकेपछि ठेक्का तोडिएको छ, यस्तो महामारीमा समान खरिद गर्दा भ्रष्टाचार गर्ने कुरा कसैले सोच्नै सक्दैन र कसैले त्यसो गरेको रहेछ भने त्यो अक्षम्य अपराध हो, स्वास्थ्य मन्त्रीले नै अनियमितता भएको हो भने कारवाही भोग्न तयार छु भन्नु भएकै छ’, मन्त्री भुषालले भनेका छन् ।

उनले आजको युगमा अनियमितताका काण्डहरु नलुक्ने भन्दै अहिले सरकारलाई काम गर्न दिन र पछि अनुसन्धान गरेर कारवाही गर्न सकिने पनि बताए ।‘आजका दिनमा कुनै पनि कुरा कसैले पनि लुकाउन सक्दैन, अनियमितता भएको हो भने भोली अनुसन्धान गरेर कारवाही हुन्छ, तर अहिले कोरोनासँग जुध्न सरकारलाई सहयोग गरौं’, भुषालले भने ।

उनले सम्भावित जोखिमलाई मध्यनजर गरेर हतारमा खरिद प्रक्रिया अघि बढाउनुपर्ने बाध्यताका सरकार केहि विवादमा पर्न गएको पनि उनले बताए । उनले अबको एक हप्ता देश कोरोनाको डरलाग्दो संकटको जोखिममा हुने भएकाले सचेतता पूर्वक काम गर्नुपर्नेमा पनि जोड दिए । ‘अबको एक हप्ता हामी डरलाग्दो संकटमा हुनेछौं, त्यतिञ्जेल बाचियो भने कोरोनालाई जित्छौं ।’, मन्त्री भुषालले भने ।

Advertisement

Advertisement

Advertisement