भाटभटेनी समूहले भन्यो-‘विवादमा रहेको ओम्नी समूहसँग कुनै सम्बन्ध छैन’

Advertisement

काठमाडौँ । कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा कुनै एक कंपनीले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा भाटभटेनी समूहको नाम जोडिएकोमा ध्यानाकर्षण भएको जनाएको जनाएको छ ।

भाटभटेनी समूहले आज विज्ञप्ति प्रकाशित गर्दै विवादमा रहेको कम्पनी ओम्नी समूहको कार्यालय पुल्चोक स्थित भाटभटेनीको माथिल्लो तल्लामा रहेको छ र संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउने उल्लेख गरेको छ ।

भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडिएको प्रति आपत्ति जनाइएको हो । सम्पूर्ण व्यावसायिक र सत्य, तथ्य समाचार संप्रेषण गर्ने समाचार संस्थाहरूलाई भाटभटेनीको विषयमा कुनै प्रकारको भ्रममा नपर्न पनि पनि विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

साथै विज्ञप्तिमा संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड-१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको पनि उल्लेख गरेको छ ।

भटभटेनीले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश रु. २५ लाख सहयोग गर्ने घोषणा पनि गरिसकेको जनाएको छ ।

त्यस्तै अहिलेको अवस्थामा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी घर–घरमै पु¥याउने व्यवस्था गरिरहेको पनि जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement