कोरोना महामारी छिचोल्दै नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत पुग्ने

Advertisement

काठमाडौं । कोरोनाको महामारीलाई छिचोल्दै नेपालको अर्थतन्त्र ५.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । एसियाली विकास बैंकले सन २०२० मा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत कायम हने प्रक्षेपण गरेको हो ।
एडीबीले सन २०२१ मा भने नेपालको अर्थतन्त्र ६.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । एडीबीका अनुसार सन २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत काम भएको थियो भने सन २०१८ मा ६.७ प्रतिशतको वृद्धिदर हासिल भएको थियो ।

एडीबीले एसियाको औषत आर्थिक वृद्धिदर भने जम्मा २.२ प्रतिशत मात्रै रहने बताएको छ भने सन २०२१ म पुनः बढेर ६.२ प्रतिशत पुग्ने दावी पनि गरेको छ । नेपालमा ४.६ प्रतिशतमा रहेको मुद्रास्फिति दर सन २०२० मा ६ प्रतिशत पुगेर सन २०२१ म पुनः ५.५ प्रतिशतमा झर्ने एडीबीको निष्कर्ष छ ।

दक्षिण एसियामा कस्को कति
अफगानिस्तानको आर्थिक वृद्धिदर २०२० मा ३ प्रतिशत र २०२१ म ४ प्रतिशत पुग्नेछ । भुटानको ५.२ प्रतिशत यसपाली हुनेछ भने २०२१ मा ५.८ प्रतिशत पुग्नेछ । बंगलादेशको आर्थिक वृद्धिदर यसपाली ७.८ प्रतिशत र अर्काे वर्ष ८ प्रतिशत कायम हुनेछ । भारतको आर्थिक वृद्धिदर २०२० मा ४ प्रतिशत र २०२१ मा ६.२ प्रतिशत रहनेछ ।

माल्दिभ्सको आर्थिक वृद्धिदर यसपाली माइनस ३ प्रतिशत हुनेछ भने सन २०७१ म ७.५ प्रतिशत हुनेछ ।पाकिस्तानले यसपाली २.६ प्रतिशतको वृद्धि दर हासिल गर्दा सन २०२१ म भने ३.२ प्रतिशत कायम गर्नेछ । श्रीलंकाले भने यसपाली २.२ र अर्काे वर्ष ३.५ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ ।

Advertisement

Advertisement

Advertisement