'यस्तो बेला राहत वितरणमा राजनीतिक भेदभाव, सामग्री खरिदमा भ्रष्टाचार सुन्नु नपरे हुन्थ्यो'

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक मात्रै लोकप्रिय नेता राजेन्द्र राजेन्द्र लिङदेनले हिजो आफूलाई कस्ले भोट दियो दिएर भनेर राहत वितरणमा भेदभाव नगर्न सरकारी पक्षलाई सुझाव दिएका छन् ।

फेसबुकमार्फत उनले राहत वितरणमा पक्षपात, दुरूपयोग र स्वास्थ्य सामग्री खरीदमा अनियमितता र भ्रष्टाचार जस्ता कुराहरू यस्तो बेला सुन्न नपरोस भन्दै अहिलेको संवेदनशील घडीमा मानवता मर्नु हुँदैन भनेका छन् ।

गरीबका चूला जल्न छाडेका खबरहरु आउन थालेको भन्दै उनले यस्तो बेला हिजो कसले भोट दियो या दिएन अथवा तपाईं वा उ कुन पार्टीको हो यी सबै छोडेर सबैलाई समान व्यवहार गर्न, नअल्मलिन र तत्काल बन्दोबस्त मिलाएर राहत घरघर पुग्ने ब्यबस्था मिलाउन सरकारी पक्षलाई सुझाव दिएका छन् । यस काममा तथ्यांक लिने वा वितरणमा टोल बिकास संस्थाको सहयोग लिने काम गर्न सकिने लिङदेनको भनाई छ ।

प्रिय स्थानीय तहका जनप्रतिनिधि साथीहरु !
हामी अहिले एउटा ठूलो चुनौतीको सामना गरिरहेका छौं। यो चुनौती केवल कुनै व्यक्ति, जाति, पार्टी, समाज र देशका विरूद्ध नभएर मानव सभ्यता माथिको चुनौती हो, यसलाई मिलेर सामना गर्नुको विकल्प छैन।

हालसम्म कोरोना भाईरसको औषधी नभएको र हाम्रो देशको सन्दर्भमा त कोरोना भाईरस जाँच्ने सामग्री, जाँच्ने डाक्टरले लगाउने सुरक्षा सामाग्री जस्ता अत्यावश्यक बस्तुहरु पर्याप्त मात्रामा नभएको र भएको सामग्रीको पनि गुणस्तरमा प्रशस्त प्रश्नहरु उठिरहेका छन।

यस्तो बेला सरकारको निर्देशन पालना गरेर लक डाउनमा बस्नुनै एकमात्र विकल्प हो।
लक डाउन जति लम्बिदै जाँदैछ त्यतिनै दैनिक ज्यालामजदुरी गरिखाने दिदीबहिनी दाजुभार्इको जीवन कष्टकर बन्दै गइरहेको छ । यस्तो बेला मानव सभ्यतालाई बचाउने नाममा कसैले भोकै मर्नु नपरोस।

तपाईंहरूलाई थाहा छ अहिले टाढाबाट चाहेर पनि कुनै दाताहरु तपाईंको घरगाउँमा आउन सक्दैनन । आउनु उचित पनि होईन र सरकारले आफूखुसी राहत वितरणमा रोक पनि लगाएको छ । अहिले जनताको सबैभन्दा नजिकको मान्छे, भगवान, प्रभु, परमेश्वर जे भने पनि तपाईहरुनै हो ।

खबरहरु आईरहेका छन... बिस्तारै गरीबका चूला जल्न छाडेका छन।
यस्तो बेला हिजो तपाईंलाई कसले भोट दियो या दिएन अथवा तपाई वा उ कुन पार्टीको हो यी सबै छोडिदिनुहोस ।

नअल्मलिनुहोस र तत्काल बन्दोबस्त मिलाएर राहत घरघर पुग्ने ब्यबस्था मिलाउनुहोस। यस काममा चाहे तथ्यांक लिनहोस या वितरणमा टोल बिकास संस्थाको सहयोग लिनुभयो भने अझ प्रभावकारी हुनेछ।

पक्षपात,दुरूपयोग र सामग्री खरीदमा अनियमितता र भ्रष्टाचार जस्ता कुराहरू सुन्न नपरोस । मानवता नमरोस !
राजेन्द्र लिङदेन

Advertisement

Advertisement

Advertisement