कोरोना विशेष अस्पतालमा मृत्युु भएका बाबुुरामको शव छैठौं दिनसम्म उठेन

Advertisement

बुुटवल । उपचारको क्रममा बुुटवलको कोरोना विशेष अस्पतालमा मृत्युु भएका रुपन्देहीको सैनामैनाका बाबुुराम थापाको शव छैठौं दिनसम्म पनि उठन सकेको छैन । कोरोनाको रिर्पोट नेगेटिभ आए पनि कोरोना हुनसक्ने र सर्न सक्ने आशंकामा उनका आफन्त शव उठाउन समेत आएका छैनन् ।

यही चैत १६ गते मृत्युु भएका थापाको शव अहिले लुुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा छ । थापाको श्रीमती रीताले अस्पतालको लापरवाहीले मृत्युु भएको भन्दै राहत उपलब्ध गराउनुुपर्ने माग गरेकी छिन । रीताले भनिन्, ‘अस्पतालले आएर शव लैजान भनिरहेका छन । तर, अस्पतालको गम्भीर लापरवाहीले सामान्य विरामीको मृत्युु भयो । राहत उपलब्ध गराउने प्रतिवद्धता नगराएसम्म हामी शव बुुझदैनौं ।’

यहाँका संघ संस्था र विभिन्न राजनीतिक दलले पीडित परिवारलाई राहत दिन आग्रह गरेका छन । तर, अस्पतालले उपचकारमा कुुनै कमी नभएको भन्दै राहत दिन नसकिने बताएको छ । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुुदर्शन बरालले भने, ‘अस्पतालमा प्रयाप्त उपकरण नभएको हो तर उपचारमा नेक्लिजेन्सी भएको होइन ।’

चैत ६ गते युुएईबाट आएका थापा आउँदा नैं ज्वरो आएको थियो । उनी घरमा आएपछि नजिकैको मेडिकलमा गएर चेकजाँच गरी औषधि खाए । उनलाई टाइफाइटको समस्या देखिएको थियो । घरपरिवार र छिमेकीले कोरोनाका लक्षण देखिएपछि उनी आफै अटोरिक्सा रिर्जव गरी लकडाउनको समयमा बुुटवलस्थित लुुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका थिए ।

१३ गते अस्पताल भर्ना भएका उनीको स्वाब चार दिनसम्म पनि अस्पतालले चेकजाँचका लागि नपठाएर लापरवाही गरेको रीताको भनाइ छ । उनका दुुई छोरा छन । बाबुुराम विदेशबाट आएपछि क्वारेन्टाइनमा बसेनन ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement