पूर्व एमालेले किन सम्झँदैछन् यतिबेला दासढुंगा काण्ड ?

Advertisement

काठमाडौं । पूर्व एमालेको ठूलो पंक्तिले यतिबेला दासढुंगा काण्ड सम्झन थालेका छन् । प्रदेश पाँचका मुख्यमन्त्री तथाा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले दासढुंगा घट्ना सम्झँदै फेसबुकमा स्टाटस लेखेपछि त्यो भाइरल हुने चरणमा छन् । पूर्व एमाले खेमा भित्र पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निकटका कार्यकर्ताहरुले पोखरेलको स्टाटसलाई धमाधम सेयर गरिरहेका छन् ।

पोखरेलले यतिबेला सरकार विरुद्ध केहि सञ्चार माध्यम योजनावद्ध रुपमा लागिपरेको र त्यो दासढुंगा हत्याकाण्डका समयमा प्रकाशित जनधारणा नामको पत्रिका जस्तै भएको प्रशंग उल्लेख गरेका छन् । दासढुंगा हत्याकाण्डपछि प्रकाशित जनधारणा नामको पत्रिकाले घट्ना एमालेको नेतृत्वलाई नै मुछेर भ्रम फैलाएको र पछि पत्रिका आफैं बन्द हुनुपरेको उल्लेख गरेका छन् । उनले अहिले पनि पार्र्टी नेतृत्व विरुद्ध लाग्ने पत्रिकाहरु बन्द हुन सक्ने तर्फ संकेत गरेका हुन् ।

यस्तो छ पोखरेलको स्टाटस
दासढुंगा हत्याकाण्डको केही समय पछि तत्कालिन समयमा प्रकाशित हुने जनधारणा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागरगर्ने नाममा काल्पनिक कथा रचेर तत्कालिक एमाले नेतृत्वलाई वदनामगर्ने नियोजित षडयन्त्र रचिएको थियो । पछि त्यस नियोजित षडयन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो । यतिवेला कतिपय पत्रिका र अनलाईनहरुका नियोजित समाचारहरुको श्रृंखलाहेर्दा सरकार विरुद्ध त्यही फर्मुलाको प्रयोग हुदैछ जस्तो देखिन्छ । कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरुले दिनुनै पर्दछ । तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरुवाट समाजनै भ्रमितहुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ । आशंक र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभाववाट जोगाउ ।
अन्यथा यस प्रकारको नियोजित कूप्रचारको प्रभावले कोरोनाका विरुद्धको हाम्रो संघर्ष समेत प्रभावित हुने खतरा देखिदैछ ।

Advertisement

Advertisement

Advertisement