उद्योग परिसंघद्वारा बागमती प्रदेशलाई खाद्यान्न हस्तान्तरण

Advertisement

हेटौंडा । नेपाल उद्योग परीसंघ बागमती प्रदेशले १० हजार किलो खाद्यान्न बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको छ । परिसंघ बागमती प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज सापकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई १० किलोका दरले १ हजार वटा प्याकेट खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

लकडाउनको समयमा दैनिक जीवन यापन गर्न समस्या भएकालाई सो खाद्यान्न उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले बताए । आधारभुत आबश्यकता पुरा गराउने उद्देश्यले गरिएको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद दिए । कोरोनाको कारण देश लकडाउन भएपछि दैनिक जीवन यापनमा नै समस्या परेकालाई मात्र खाद्यान्न बितरण गरिने उनको भनाई छ । एउटा प्याकेटमा ५ किलो चामल,२ किलो चिउरा,एक केजि दाल,एक केजि नुन,एक लिटर तेल रहेको घिमिरेले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समिति प्रदेश संयोजक रघुनाथ खुलाललाई प्रदेशमा बितरण गर्न खाद्यान्न हस्तान्तरण गरे । खुलालले खाद्यान्न प्रदेशका जिल्ला जिल्लामा बितरण गरीने जानकारी दिए । बितरण गर्दा अति बिपन्न परीवारलाई प्राथमिकतामा राखिने खुलालले बताए । सरकारले राहत बितरणमा एकद्वार निति अपनाउन भनेपछि सरकारमार्फत सामग्री बितरण हुन थालेको छ ।

Advertisement

Advertisement

Advertisement