किर्तिपुरको लायन्स रक्तसञ्चार केन्द्र क्वारेन्टाइनका लागि सरकारलाई हस्तान्तरण

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट जटिल समस्या उत्पन्न भै रहेको परिस्थितिमा लायन्स क्लब ईन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ ले आफ्नो सकृयतामा किर्तिपुर नगर पालिकामा स्थापना गरिएको त्रिवि लायन्स रक्त सञ्चार एवम् अनुसन्धान केन्द्रको दुई तले भवन क्वारेन्टाइन निर्माणका लागि नेपाल सरकारलाई प्रदान गरेको छ ।

नेपाल लायन्सका अग्रज लिडरहरु र लायन्स रक्तसञ्चार केन्द्रका संरक्षक तथा त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति प्राडा हिरावहादुर महर्जनको उपस्थितिमा किर्तिपुर नगर पालिकाका प्रमुख रमेश महर्जनलाई भवनको साँचो हस्तान्तरण गरिएको हो ।

विश्वमै मानवीय सेवा र सामाजिक सेवामा अब्बल मानिएको लायन्स क्लबले संकटका बेला अग्रपंक्तिमा रहेर आफ्नो सेवाका कार्यहरु संचालन गर्दै आइरहेकोछ। विश्वमै फैलिरहेको महामारीलाई कम गर्नको लागि जनचेतना जगाउने तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री वितरणमा समेत लायन्स क्लबको सक्रियता देखिएको छ ।

Advertisement

Advertisement

Advertisement