समाजसेवी ताराबहादुर कुँवरले लकडाउन पीडितलाई वितरण गरे खाद्य सामग्री

Advertisement

काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरले लकडाउन पीडितलाई खाद्य सामग्री वितरण गरेका छन् । काठमाडौ बाफलका कुँवरले काठमाडौं महानगरपालिकाका १३ र नागार्जुन नगरपालिकाका केही परिवारलाई दैनिक जीविकाका लागि केही सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्षसमेत रहेका कुँवरले चामल, आलु, चिनी, दाल, चियापत्ति, तरकारी लगायतका सामग्री प्रदान गरेका हुन् । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक कुँवरले लकडाउनले दैनिक कामकाज गरेर गुजारा गर्नेको जीवन संकटमा परेकाले थोरै भएपनि मानवीयता देखाएको बताए ।

चक्रपथ सफाई अभियानका प्रमुख अभियन्तासमेत रहेका कुँवरले वरपर सडकमा किटनाशक औषधी चुन पाउडर पनि छर्किएका छन् । किटाणुको संक्रमण फैलन नदिन औषधी छर्किएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement