रोगप्रतिरोधात्मक क्षमता बढाउन दुध, माछामासु, फलफूल, काजु, बदाम खाउँः डा. श्रेष्ठ

Advertisement

काठमाडौ । कोरोना भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन दूध, माछा, मासु र फलफूल खानुपर्ने नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ बताउँछन्।

उनका अनुसार कोरोनाको उपचारका लागि अहिलेसम्म औषधि पत्ता नलागिसकेको अवस्थामा यसलाई जित्ने प्रमुख उपायहरु भनेको आत्मबल बलियो बनाउने, रोगप्रतिरोधात्मक प्रोटिनयुक्त खानेकुराहरु खानु हो भन्दै कोरोना लाग्ने नदिन सकेसम्म भीडभाडमा नजाने, मास्क जस्ता सुरक्षा उपकरणहरु प्रयोग गर्नुपर्ने बताउँछन् ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाखभन्दा बढि पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ५७ हजार भन्दा बढि भइसकेको छ । नेपालमा पनि यसबाट संक्रमितको संख्या नौ जना पुगेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिनयुक्त खानेकुराहरु दूध, फलफूल र माछा, मासु, काजु, बदाम र ओखर जस्ता महँगा खानेकुरामा खानुपर्ने विश्व स्वास्थ्य संगठनले पनि सुझाव दिएको उदाहरण दिँदै डा. श्रेष्ठले सोही कारण फ्रान्समा एक जनाले धेरै कुखुराको मासु किन्न नपाउने नियम लागू गरेको बताए । सबैलाई मासु पुर्याउन र रोगसँग लड्ने क्षमता वृद्धि गर्न सबै नागरिकले कुखुराको मासु खान पाउन भनेर एक जनालाई धेरै मासु किन्न नपाउने नियम बनाइएको हो।

तर नेपालमा भने सामाजिक सञ्जालमा कुखुराको मासु खाँदा कोरोना बढ्ने जोखिम बढी हुन्छ भन्दै मासु नखान सल्लाह दिनेहरूले स्टाटस सेयर गरिरहेको भन्दै उनले यो गलत भएको बताए । सरकारले लकडाउन घोषणा गरे पनि माछा मासुको आपूर्तिमा खासै ठूलो समस्या देखिएको छैन् ।

ुविश्व स्वास्थ्य संगठनले कोरोना जनावरबाट मान्छेमा नफैलिएको र मान्छेबाट जनावरमा पनि नफैलिएको प्रमाणित गरिसकेको छ, भन्दै डा. श्रेष्ठले माछा मासु राम्रोसँग पकाएर खाँदा स्वास्थ्यका लागि नभइ नहुने प्रोटिन पाइने र रोगसँग लड्ने क्षमता बढ्ने बताउँछन् ।

सरकारले अत्यावश्यक खानेकुराहरु किन्न लकडाउनमा पनि बिहान दुई घण्टा पसल खोल्न दिइएको छ । यता कोल्ड स्टोर सञ्चालकहरुले यो समय थोरै भएको भन्दै समय बढाउन माग गरिरहेका छन् । कोल्ड स्टोरहरु खुलेको बेला उपभोक्ताहरुको लामो लाइन देखिने गरेकोले समाजिक सञ्जालमा आएका गलत कुराहरुलाई उपभोक्ताले विश्वास नगरेको प्रष्ट हुने डा. श्रेष्ठको भनाई छ ।

माछा मासुको बिक्रीमा देशकै झण्डै आधा हिस्सा काठमाडौं उपत्यकाले ओगट्दै आएको छ । काठमाडौंमा ब्रोइलर कुखुराको मासुको खपत दैनिक सवा लाख किलो रहेको छ। तर अहिले व्यवसायीहरुले चल्ला उत्पादन बन्द गरेको र किसानले पनि नयाँ चल्ला पाल्ने हिम्मत नगरेकाले केही हप्तापछि नेपालमा कुखुराको मासु उत्पादनमा निकै कमी आउनसक्ने व्यवसायीहरुको भनाई छ । ुदाना उत्पादनदेखि ढुवानीमा समस्या हुँदा कुरा पालक किसानदेखि यस व्यवसायसँग जोडिएका सबैले समस्या भोग्नुपरेको छ । यद्यपि अण्डा उत्पादन भने नियमित नै हुने व्यवसायीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement