'लकडाउन' थप्ने/नथप्ने निर्णय सोमबार मात्रै, एक स्थानीय तहबाट अर्काेमा जान नपाइने

Advertisement

काठमाडौं । सरकारले लक डाउनको अवधी थप्ने वा नथप्ने सम्बन्धी निर्णय सोमबार मात्रै गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले हाल जारी लक कडाउनको कार्यान्वयनमा कडाई गर्ने निर्णय मात्रै गरेको हो ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले लक डाउन थप्ने वा नथप्ने भन्ने निर्णय अर्काे बैठकमा हुने बताए ।

उनले भने हाल कायम लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ, एक प्रदेशबाट अर्काे प्रदेश र एक स्थानीय तहबाट अर्काे स्थानीयमा हुने आवागमनलाई थप व्यवस्थित र नियन्त्रित गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि बताए । ‘बन्दा बन्दीलाई अझ पूर्ण पालना गराउन सबै निकायले काम गर्ने, प्रदेश प्रदेश, जिल्ला जिल्ला र स्थानीय तहबाट अर्काे स्थानीय तहबीचको आवागमनलाई थप नियन्त्रित गर्ने निर्णय भएको छ ।’, अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. खतिवडाले भने ।

त्यस बाहेक कैलाली, कञ्चनपुर र बाग्लुंगमा कोरोनाको र्यापिड टेष्टको काम अघि बढाउने निर्णय समेत भएको उनले जानकारी दिए ।

सरकारले चैत ११ गते पहिलो चरणमा एक हप्ताका लागि लक डाउन घोषणा गरेको थियो । त्यसपछि पुनः एक हप्ता थप्ने चैत २८ गतेसम्म लक डाउन गरेको छ ।  भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको र नेपालमा समेत नयाँ संक्रमितहरुको संख्या बढेको छ ।

यतिबेला विदेशबाट आएमा मात्रै नभएर यहिँका मानिसमा समेत कोरोना संक्रमण सरेपछि सरकारले लक डाउनको अवधी बढाउने अनुमान गरिँदै आएको छ । शनिबार मात्रै थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये २ जना विदेशबाट आएका व्यक्ति हुन भने एक जना स्थानीय संक्रमित हुन् । अर्थात विदेशबाट संक्रमणसहित आएका नागरिकसँग सम्पर्कमा रहेका आफन्तमा समेत संक्रमण फैलिएको पुष्ठि भएको छ ।

Advertisement

Advertisement

Advertisement