कैलाली, कञ्‍चनपुर र बागलुङमा कोरोना भाइरसको र्‍यापिड टेस्ट गर्ने सरकारको निर्णय

Advertisement

काठमाडौं । सरकारले पछिल्लो समयमा कोरोना भाइरस (कोभिड १९) संक्रमित बिरामी भेटिएका कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्ट अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी जिल्लामा र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको हो ।

शनिबार मात्रै कैलाली र कञ्चनपुरमा तीन जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए । भेटिएका तीन मध्ये दुई भारतबाट संक्रमित भएर आएको र एक जनामा भने संक्रमितबाट सरेको भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले र्‍यापिड टेस्ट गर्ने भनिएका तीन जिल्लामा कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।

र्‍यापिड टेस्टका लागि चीनबाट ल्याइएका र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने भनिएका छ । यस्ता किटहरु किटहरु गुणस्तरहीन रहेको भन्दै सरकारको आलोचना भइरहेको छ । त्यस्तै बैठकले कोरोनाको संक्रमण बढ्नसक्ने खतरा देखेपछि एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला।जिल्ला आवागमनमा नियन्त्रण निर्णय पनि गरेको छ।

Advertisement

Advertisement

Advertisement