कोरोनाको सकारात्मक पाटाः बाताबरण सुधार, परिवार संस्कृति, खानपानमा सजगता, सिर्जनशीलता बढ्दै

Advertisement

काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस विश्व समुदायका लागि महामारी बनेपनि वातावरणका लागि भने सकारात्मक देखिएको छ । यो महामारीले विश्वमा झण्ढै साढे ११ लाख व्यक्ति संक्रमित भइसकेका छन् । तर पनि भाइरस देखिएपछिका सकारात्मक प्रभाव पनि छन् ।

प्रदुषणरहित वातावरण, खुल्ला आकाश
कोरोनाको शुरुवात भएको चीनको वुहान सहरमा मात्रै होइन विश्वका आधाभन्दा धेरै उद्योग बन्द भए । जसबाट फैलने वायु प्रदुषणमा कमी आएको छ । सधै प्रदुषणबाट आजित व्यक्ति घरबाहिर ननिस्किँदा अप्रत्यासित लाभ प्राप्त गरेका छन्— प्रदुषणरहित खुला वातावरण ।
लकडाउनका कारण विश्वका एक तिहाइ जनसंख्या घरभित्रै थुनिएका छन् भने उद्योगधन्दा बन्द छन् । केही दिनयता काठमाडौंको मौसममा नाटकीय परिवर्तन देखिएको छ । एक सातादेखि लकडाउन भएपछि स्वच्छ हावाको प्रवाह बढिरहेको छ भने यातायातका साधन र उद्योगधन्दा नचल्दा वातावरण खुल्ला देखिएको छ । नेपाल मात्रै नभई यतिखेर आधा विश्वको वातावरण सफा बनिरहेको छ । पृथ्वीको पर्यावरण भने तुलनात्मकरुपमा सफा छ । मौसमको फेरबदल नाटकीय ढंगले परिवर्तन भइरहेका छन् ।

वायुप्रदुषणमा कमी
कोरोना भाइरसबाट आक्रान्त भएको युरोपेली मुलुकको वातावरणमा प्रदुषणको मात्रा आधा घटेको छ । गुणस्तरीय हावामा ३० प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
नासा र युरोपेली स्पेस एजेन्सीले सार्वजनिक गरेका स्याटलाइट तस्बिरहरुमा, जनवरी र फेब्रुअरीमा चीनका सबै मुख्य सहरमा नाइट्रोजन डाइअक्साइड ग्यासको उत्सर्जन ठूलो स्तरमा घटेको पाइएको छ। सो ग्यास सवारी साधन, पावर प्लान्ट र उद्योगहरुबाट निस्किने गर्दथ्यो । अरुबेला सधैँ आकाशका स्पष्ट रुपमा देखिने विषाक्त ग्यासको बादल ती दुई महिनामा पूर्णरुपमा हराएका छन् ।

कोरोना भाइरसबाट सम्पूर्ण काम ठप्प भएका कारण वायुमा निकै सुधार आएको जनाइएको छ । उपग्रहमार्फत चीनको निरीक्षण गर्दा वायुमा सुधार आएको जनाइएको छ । प्रदुषण फैलाउन नाइट्रोजन अक्साइडको अत्याधिक मात्रामा कमी आएको र ३० प्रतिशतले घटेको जानकारी नासाले दिएको छ ।

वायु प्रदुषणबाट प्रकृतिलाई मुक्ति, विरामीलाई राहत
अहिले इटलीमा सम्पूर्ण कार्यविधी ठप्प भएको छ । ठप्प हुँदा घातक ग्यास र अन्य हानिकारक तत्वहरुको मात्रा वायुमा न्युन भएको जनाइएको छ । तेल, ग्यास र डिजेललाई जलाउँदा निस्कने रसायन नाइट्रोजन अक्साइडले वायु प्रदुषण हुने गर्दछ । नाइट्रोजन अक्साइडले मानिसको छातीमा समस्या देखा पर्ने गर्दछ । जसले गर्दा मानिसमा अस्थमा जस्ता घातक रोग निम्तिने गर्दछ । नाइट्रोजन अक्साइडले मानिसको मुटुमा समेत असर गर्ने गर्दछ । जसकारण ह्दयघात, स्ट्रोक रसार्थ ज्यानसमेत जाने गर्दछ । इटली र अमेरिका जस्ता देशहरु आत्याधिक व्यस्त हुने कारण वायु प्रदूषणको जोखिम पनि अत्याधिक थियो । भाइरसले सो समस्याबाट तत्कालै छुट्कारा पाएको छ ।

सन् २००३ मा फैलिएको सार्स भाइरसकाले वायु प्रदुषण अत्याधिक रहेको क्षेत्रमा धेरै र कम प्रदुषण भएको क्षेत्रमा कम असर गरेको जनाइएको छ । अमेरिकाका ४३ प्रतिशत नागरिक वायु प्रदुषण अत्याधिक रहेको क्षेत्रमा बस्ने गर्दछ । अमेरिकामा वायु प्रदुषणका कारण गरिब मानिसको अत्याधिक मात्रामा मृत्यु भइरहेको छ । उच्च वर्ग र तल्लो वर्गका मानिसबीचको आयु सम्भाव्यता १५ वर्षको रहेको छ ।

पानीको गुणस्तरमा सुधार
कोरोना संक्रमणपछि यत्रतत्र फोहोर पानीमा फाल्ने क्रम रोकिएको छ । विश्वका लकडाउन भएको धेरै मुलुकमा पानीको गुणस्तरमा पनि परिवर्तन आएको एक अध्ययनले देखाएको छ । इटालीको भेनस शहरमा बग्ने नहर स्वच्छ बनेको छ । कोरोना भाइरस आउनुपूर्व जुन अवस्थामा बग्थ्यो त्यो अहिले पाइदैन । प्रदुषणरहित तरिकाले बगिरहेका छन् । पानीको गुणस्तरमा एशियाली मुलुक नेपाल, भुटान र श्रीलङ्कामा पनि सुधार आइरहेको छ । मानिसहरु नहर र खोलामा फोहोर गर्नेको संख्या कमी आउँदा तुलनात्मक रुपमा पानीको गुणस्तर सुधार आएको छ ।

एक जुट बन्दै परिवार
कोरोना संक्रमणअघि मानिसहरु कामका व्यस्तताका कारण बाहिर हुन्थे । परिवारलाई समय दिन सक्दैनथे । कतिसम्म भने श्रीमान र श्रीमती र बालबच्चासँग भेट मुस्किल हुन्थ्यो । अहिले एक आपसमा दुःखसुख साटासाट गर्ने मेसो मिलेको छ । नेपालमा मात्रै होइन विश्वभर कामकाजी व्यक्तिहरु व्यस्त हुन्छन् तर कोरोना भाइरसको संक्रमणले सबैलाई एक ठाउँमा ल्याइदिएको छ । कतिपयका बालबच्चाले आमा र बाबुको साथ पनि नपाउने अवस्था थियो । एक सातादेखि विश्वका धेरै मानिस आफ्नो परिवारसँग रमाइलो गर्ने अवसरको रुपमा लिइरहेका छन् ।

सिर्जनशील बन्दै मानिसहरु
विश्वभर कोरोना भाइरसका कारण जो मानिसहरु आफ्नो घरमा बसिरहेका छन् उनीहरुले आफ्नो सिर्जनात्मक अभ्यासलाई बढाउन पनि पाएका छन् । आफ्नो सिर्जनाका लागि समय दिने अबसर मिलेको छ । साथै धेरै मानिसले आफूले सिर्जना गरेका कामहरु सामाजिक सञ्जालमा पोष्ट गरेर खुसी व्यक्त गरिरहेका छन् ।

स्वास्थ्य र खानपानप्रति सजगता
कोरोना भाइरस फैलनुअघि मानिसहरुले आफ्नो स्वास्थ्यमा खासै ख्याल गरेको पाइदैन थियो । भाइरस संक्रमणपछि मानिस सचेत बनेका छन् । कतिपय मानिस खानेकुरामा पनि ख्याल गर्न थालेका छन् । मासुजन्य खानेकुरा खान धेरैले छाडिसके । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण जंगली जनावरको मासु र समुन्द्री खानेकुराबाट सरेको भन्ने विभिन्न अध्ययनले देखाएको छ । यो भाइरस खानपानसँग सम्बन्धित छ । सरसफाइमा विशेष ख्याल राख्न थालेका छन् । हात धुने तरिकादेखि सफा र सुरक्षित कसरी रहन सकिन्छ भन्ने पाठ सिकेका छन् । पहिलाको भन्दा अलि बढी सचेत बनेका छन् । योग ध्यान, अध्ययन र अनुसन्धात्मक काम गर्नका लागि यो समय सदुपयोग भइरहेका छन् । कतिपयले यो समयलाई नाचगान र रमाइलो गरेर बिताए पनि धेरैले यो समय अध्ययन अनुसन्धानमा प्रयोग गरिरहेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement