कोरोना विरुद्ध बाबुराम भट्टराई र स्वर्णिम वाग्लेहरुको छुट्टै अभियान, श्वेतपत्र जारी गर्ने

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेहरुले छुट्टै अभियान थालनी गरेका छन् । उनीहरुले ‘कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल’ नामको अभियान थालेका हुन् । प्रदेश र स्थानीय तहसम्म संयन्त्र खडा गरेर काम गर्ने लक्ष्य बनाएको अभियानको केन्द्रमा डा. भट्टराई, डा. वाग्लेसहित १९ जना सदस्य छन् ।

फरक फरक विषयका विज्ञहरु सम्मिलित स्वतन्त्र पहल भनिएको अभियानमा काँग्रेस सांसद प्रदिप गिरी पनि सहभागी छन् । पहलमा डाक्टर, अर्थशास्त्री, उद्यमी, समाजसेवी र सुरक्षा विदलाई समेत समावेश गरिएको छ । पहलले कोरोना रोकथाम विरुद्ध सरकारले अघि सारेका कामहरुलाई सघाउने बताएको छ । त्यसका अलवा कोरोना रोकथामका लागि सरकारले गरेका प्रयासहरुका बारेमा श्वेतपत्र समेत जारी गर्ने बताईएको छ ।

Advertisement

Advertisement

Advertisement