एकाएक सडकमा किन निस्किए शसस्त्र प्रहरी ?

Advertisement

काठमाडौं । लक डाउनको पहिलो एक उपत्यकाका सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी मात्रै तैनाथ थिए । प्रहरी र ट्राफिकको संयुक्त प्रयासले लकडाउनलाई सफलता तर्फ अघि बढाईरहेकै थियो । जब दोश्रो हप्तामा पुग्यो तब सडकमा एकाएक शसस्त्र प्रहरीको गस्ती सुरु भयो । लकडाउनको पहिलो हप्ताभरी शसस्त्र प्रहरी ब्यारेकमै किन थन्कियो ? दोश्रो हप्ता एकाएक सडकमा किन निस्कियो ? यो प्रश्न यतिबेला उब्जिएको छ ।

श्रोतका अनुसार सरकारले कोरोना नियन्त्रणका लागि खटिने सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेपछि मात्रै शसस्त्र प्रहरी बल सडकमा निस्किएको हो ।

चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रणमा खटिने सुरक्षाकर्मीहरुलाई कामको प्रकृति हेरेर दैनिक तीन सय रुपैयाँ खाजा खर्चदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । १६ गते मन्त्रिपरिषदले निर्णय गरेपछि १७ गतेपछि मात्रै शसस्त्र प्रहरीहरु सडकमा निस्किएको आरोप लागेको छ । १६ चैतको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भत्ता दिने निर्णय गरेको हो ।

पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) लगाएर फिल्डमा खटिने सुरक्षाकर्मीले तलब बराबर नै भत्ता पाउनेछन् । पेसेन्ट रिसिभिङ टिम (पिआरटी)मा पिपिई लगाएर खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय भएको छ । संक्रमित तथा शंकास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पिआरसी गठन गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा केन्द्रमा यस्तो टिम रहेकामा जिल्ला–जिल्लामा यस्तो टिम गठन गरिएको छ ।

त्यस्तै, पिपिई नलगाई पिआरटी टिममा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् । पिआरटीमा ड्युटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजाखर्च पाउनेछन् । त्यसका लागि कार्यालय प्रमुखले ड्युटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो भत्ता हिनामिना नहोस् भनेर सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ ।

Advertisement

Advertisement

Advertisement