मध्यावधि निर्वाचन चाहियो भनेको छैन: डा. महत

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सह महामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाश शरण महतले आफुले मध्यावधि निर्वाचनको माग नगरेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले त्यस्तो स्पष्टीकरण दिएका हुन् । केहि दिन अघि एक अन्तरवार्तामा नेता डा. महतले वर्तमान सरकार असफल भएकाले मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा राखेको भन्ने खबर भाइरल भएको थियो । त्यस्तो भनाई भाइरल भएपछि उनको व्यापक आलोचना भएको थियो ।
यस्तो छ उनको स्पष्टिकरण

भ्रमपूर्ण समाचारप्रति मेरो गम्भीर आपत्ति

हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ । उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो । अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई वंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।
अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने हो । र, चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने नै हो । यसका लागि हाम्रो पार्टी पंक्ति पूर्ण रुपमा क्रियाशील छ । तसर्थ, म सबैमा उक्त अनलाइनको हेडलाइनको भ्रममा नपरी पूरै अन्तर्वार्ता सुनी त्यसका आधारमा दृष्टिाकोण बनाउन पनि अनुरोध गदर्छु । अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु । साथै, यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गदर्छु । धन्यवाद । जय नेपाल

डा.प्रकाशशरण महत
सहमहामन्त्री
नेपाली काँग्रेस

Advertisement

Advertisement

Advertisement