राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित

Advertisement

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिमका कारण आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरिएको छ । सरकारले अनिश्चित कालका लागि कार्यक्रम स्थगित गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै भिटामिन ए खुवाउने निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको हो । मन्त्रालयले परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement