'मध्यावधि चुनाव चाहियो' भन्ने महतको माग व्यक्तिगत हो, काँग्रेसको होइन्ः शर्मा

Advertisement

काठमाडौं । नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मध्यावधि चुनाव चहियो भन्ने सोही पार्टीका नेता प्रकाशशरण महतको माग व्यक्तिगत भएको भन्दै यो काँग्रेसको धारणा नभएको बताएका छन् । महतको भनाई बाहिर आएसँगै उनको र काँग्रेसको चर्को आलोचना हुन थालेपछि शर्माले ट्वीट गर्दै व्यक्तिगत धारणा व्यक्तिगत नै हुने बताएका छन् ।

शर्माले पार्टीको अहिलेको माग चुनाव नभएको बताउँदै यस्ता मतलाई पार्टीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । उनले संकटको घडीमा जिम्मेवार ढंगले सरकारलाई साथ दिने तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार विरुद्ध खरो उत्रने पनि उल्लेख गरेका छन् ।

पार्टीका सहमहामन्त्रीसमेत रहेका महतले मध्यावधि निर्वाचनको माग गरेको समाचार रिपोर्टर्स क्लवको अनलाइनमा प्रकाशित भएको थियो । महतको भनाईको पार्टीभित्रै पनि चर्को आलोचना भएपछि शर्माले ट्वीट गर्न बाध्य भएका हुन् । सोही पार्टीका नेता गगन थापाले पनि मध्यावधि चुनावको कुरा अस्वीकार गरेका छन् । चौतर्फी आलोचनापछि महतले आफूले मध्यावधिको कुरा नगरेको भन्दै झुट कुरा गरेका छन् । तर भिडियोमा उनले प्रष्टसँग मध्यावधिको कुरा गरेका छन् । उनी काँग्रेस सभापति शेरबहादुर देउवाप्रति बफादार व्यक्तिको रुपमा चिनिन्छन् । देउवाले आइतबार पूर्वप्रधानमन्त्रीहरुलाई फोन गर्दै एकाएक सक्रियता देखाएका छन् ।

Advertisement

Advertisement

Advertisement